काठमाडौं, २८ फागुन । भारत भ्रमणमा रहेकी नेपालकी परराष्ट्रमन्त्री डा. आरजु राणा धर्मकर्ममा व्यस्त छिन् । उनी आज भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पुगेर पूजाअर्चना गरेकी हुन् । उनले बाबा बैद्यनाथ धामका साथै त्यहाँस्थित बासुकीनाथ मन्दिरमा पनि पूजाअर्चनाको अवसर प्राप्त भएको जानकारी गराएकी छिन् ।