सांसद तोसिमाको पद रहने/नरहने आज फैसला गर्दै सर्वोच्च

`

     २०८१ फाल्गुन २७ गते ११:३६

काठमाडौं, २७ फाल्गुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.तोसिमा कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आज निर्णय सुनाउने भएको छ ।

सांसद कार्कीले २०७९ कात्तिक १४ गते दायर गरेको मुद्दामा सुनुवाइ पूरा भई यही फागुन ४ गतेका निम्ति तोकिएको मुद्दाको निर्णय सुनाइने आजलाई सारिएको थियो । निर्णय सुनाउन न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासमा पेसी तोकिएको छ ।

नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेकै अवस्थामा कार्की प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेकी थिइन् । त्यसपछि निर्वाचन आयोगले लाभको पदमा रहेको अवस्थामा उम्मेदवारी दिन नमिल्ने भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो । त्यसविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् । आज कार्कीको पद रहने नरहने फैसला हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?