क्यानडाको नयाँ प्रधानमन्त्री बन्दै मार्क कार्नी

`

     २०८१ फाल्गुन २६ गते ११:५२

काठमाडौँ, फाल्गुण २६ । नेतृत्व संकटको सामना गरिरहेको लिबरल पार्टीले मार्क कार्नीलाई क्यानडाको अर्को नेता र प्रधानमन्त्रीको रूपमा घोषणा गरेको छ । पार्टीले आफ्नो घोषणामा कार्नीले पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थान लिने बताएको छ । लिबरल पार्टीका अध्यक्ष सचित मेहराले लिबरल नेतृत्वको दौडमा पूर्व ब्रिटिश र क्यानेडियन केन्द्रीय बैंक प्रमुख मार्क कार्नीको विजयको घोषणा गरेका थिए ।

रिपोर्टका अनुसार कार्नीले कुल १३१,६७४ मत प्राप्त गरे जुन कुल मतको लगभग ८५.९ प्रतिशत हो । उनले पूर्व अर्थमन्त्री क्रिस्टिया फ्रिल्याण्ड र पूर्व सरकारी सदन नेता करिना गोल्ड र पूर्व संसद सदस्य फ्र्याङ्क बेलिसलाई पछि पारेका थिए ।

कार्नी क्यानडाको इतिहासमा हाउस अफ कमन्समा सिट बिनाको दोस्रो प्रधानमन्त्री हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?