काठमाडौं, फाल्गुन २३ । काठमाडौंको पशुपतिनाथ मन्दीर परिसरको गौशला धर्मशाला सञ्चालनको जिम्मा मारवाडी सेवा समितिले नै पाएपछि तत्कालीन संस्कृति पर्यटन तथा नागारिक उड्ययनमन्त्री सुदन किराँतीले लेनदेनको आशंका गर्दै कडा टिप्पणी गरेका छन् ।
उनले लेखेका छन् ‘हे पशुपतिनाथ तिम्रो मुखेन्जी फेरि कसले कति करोड घिच्यो नि यो संसारको कुनै पनि कोटमा हार्ने मुद्दा होइन । भगवानलाई पनि मिलिमिली लुटी राख्नु भएको छ । छिटो लुट्नुहोस् अब यस्तो समय धेरै दिन नरहन सक्छ’ ।




