काठमाडौं, २२ फाल्गुन । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । हृदयघात भएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका उनी आज बिहान डिस्चार्च भएका हुन ।
उनको आइतबार बेलुका एन्जियो प्लास्टिक गरिएको थियो । अस्पतालका अनुसार स्वास्थ्यमा सुधार आएपछि उनलाई डिस्चार्ज गरिएको हो ।
उनको उपचारमा डा। यादव भट्ट नेतृत्वको चिकित्सकको टोली सहभागी थियो ।




