विपक्षी दलले पेस गरे अध्यादेश अस्वीकार गर्ने प्रस्ताव

`

     २०८१ फाल्गुन २१ गते ३:३२

काठमाडौँ, २१ फाल्गुन । प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारले यसअघि नै पेस गरेको अध्यादेशमाथि छलफल जारी छ। छलफलमा प्रतिपक्षी दलले यस प्रस्तावलाई स्वीकार गर्न नसकिने सन्देश दिएका छन्।

नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरे। उनले भने, ‘यो अध्यादेशमार्फत शासन गर्न खोज्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ। सरकारले ल्याएको अस्वीकार गर्ने प्रस्ताव पेस गर्दै अस्वीकार गर्न माग गर्दछु।’

त्यसलगत्तै रोस्टममा पुगेका माओवादी प्रमुख सचेतक हितराज पाण्डेले उनको प्रस्तावलाई समर्थन गर्दै अध्यादेश अस्वीकारको पक्षमा हुन सबैलाई आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?