काठमाडौं, १८ फाल्गुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन् ।
आइतवार धनुषामा जनतासँग माओवादी तराई मधेश जागरण सभालाई सम्बोधन गर्दै उनले सरकारको काम कारबाहीमा सरकार सञ्चालन गरेयता प्रधानमन्त्री ओलीले उत्तीर्णाङ्क समेत नल्याएको भन्दै राजीनामा दिन आग्रह गरे। उनले प्रधानमन्त्री ओलीले शिक्षकमाथि गाली गरेको भन्दै आफैँ अनुत्तीर्ण हुने अनि शिक्षकलाई गाली गर्ने भन्दै प्रश्न गरे ।
उनले मन्त्रिपरिषद्को कार्यसम्पादनमा प्रधानमन्त्री ओलीले २८ प्रतिशत मात्रै ल्याएको उल्लेख गर्दै अनुत्तीर्ण भएपछि पनि किन पदमा बसिरहेको भन्दै चुनौती दिए।




