नाग्म-गमगढी सडक अझै खुलेन, हिउँ पन्छाउने काम जारी

`

     २०८१ फाल्गुन १८ गते १२:०६

काठमाडौँ, १८ फाल्गुन । बिहीबारदेखि परेको हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक अझै खुल्न सकेको छैन । सडक डिभिजन कार्यालय जुम्लाले एक्साभेटरको प्रयोग गरेर हिउँ पन्छाउन सुरु गरे पनि बाक्लो हिउँ परेकाले पन्छ्याउन समय लागेको जानकारी दिएको छ ।

बाक्लो हिउँ जमेको र कतै पहिरो त कतै विजुलीका पोल ढलेकाले सडक अवरुद्ध भएको छायाँनाथ रारा नगरपालिका वडा न ५ का स्थानीय शिवचन्द्र कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?