काठमाडौं, १६ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले ताप्लेजुङको पाथीभरामा केबलकार बनाएरै छाड्ने बताएका छन् ।
हिजो ‘कोशी विचार उत्सव’ अन्तरक्रिया कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालको संविधान र कानुनले अख्तियार गरेको बाटो अवलम्बन गरेर पाथीभरामा केबलकार बनाउने बताएका हुन् । ‘मजाले बन्छ । नेपालको संविधान र कानुनले जे बाटो अख्तियार गर्छ, त्यो बाटोको माध्यमबाट जान्छ,’– उनले भने ।




