काठमाडौं, फाल्गुन १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालले मानिसहरुको खुसी खोसिरहेको टिप्पणी गरेका छन् ।
‘मानिसहरु क्षणिक रुपमा खुसी भइरहेको देखिन्छ । तर,सामाजिक सञ्जालले मानिसको खुसी खोसिरहेको छ । सामाजिक सञ्जाल नियन्त्रणभन्दा बाहिर जान लागेको छ । छाडातन्त्र, अराजकता र समाजलाई विकृत बनाउने, सभ्यता, संस्कृति, गौरवपूर्ण परम्परालाई होच्याउने र अपमान गर्ने काम भइरहेको छ’ प्रधानमन्त्री अोलीले भने ।




