राज्यलाई कर तिर्ने बानी नेपालीको अति कमजोर छ : शंकर पोखरेल

`

     २०८१ फाल्गुन १४ गते ५:१५

काठमाडौं, १४ फाल्गुन । नेकपा एमाले महासचिव शंकर पोखरेलले नेपालीले राज्यलाई कर तिर्ने बानी कमजोर भएको बताएका छन् ।

नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको आयोजनामा बुधबार काठमाडौंमा भएको जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले कर तिर्नेभन्दा नतिर्नेको जमात बढी रहेको बताएका हुन् ।

‘राज्यलाई कर तिर्ने बानी नेपालीको अति कमजोर छ । कर तिर्ने भन्दा कर नतिर्नेको जमात बढी छ, नेपालमा कर तिर्ने संस्कृति नै छैन’, उनले भने ।

पुँजी निर्माणबिना राष्ट्रिय पुँजी नबन्ने बताउँदै उनले नेपालीले बचत संस्कृति विकास गर्नुपर्ने बताए । नेपालीको बचत संस्कृति अति कमजोर भएको उनको धारणा छ ।

महासचिव पोखरेलले विदेशबाट आएको ऋण र अनुदान पनि उचित सदुपयोग हुन नसकेको बताए । विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ नै गलत भएको उनको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?