बालेन र हर्कलाई आफ्नै मान्छे ठान्छु: प्रचण्ड

`

     २०८१ फाल्गुन १४ गते १:१३

काठमाडौँ, १४ फाल्गुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगरका मेयर बालेन शाह र हर्क साम्पाङलाई लोकतन्त्रको फूलबारी ठानेर आफूले आफ्नै मान्छे ठानेको बताएका छन् ।

बुधबार विराटनगरमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जाँदा बालेन शाह होस् वा हर्क साम्पाङ जो आएपनि केही फरक नपर्ने बताए ।

पत्रकारहरुको एक प्रश्नमा प्रचण्डले भने, ‘बालेन आएपनि केही फरक पर्दैन । अरु आएपनि केही फरक पर्दैन । मैले उनीहरूलाई लोकतन्त्रका फूलबारीको फूल नै भनिसकेको छु । म त्यहाँबाट दायाँबायाँ छैन । त्यसैले उनीहरूलाई त मैले आफ्नै मान्छे ठान्छु ।’

उनले आफूहरूले संविधान बनाउने प्रत्यक्ष निर्वाचिन कार्यकारी चाहिन्छ भनेर नोट अफ डिसेन्ट राखेको पनि स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?