मन्त्रिपरिषद् बैठक, सरकारको निर्देशन नमानेको भन्दै कुलमानलाई हटाउने चलखेल

`

     २०८१ फाल्गुन १२ गते १२:११

काठमाडौँ, १२ फागुन । आज साँझ ५ बजे मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद् बैठक आह्नवान भएसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे के निर्णय होला भन्ने चर्चा सुरु भएको छ । सरकारको निर्देशन नमानेको भन्दै घिसिङ विरुद्ध सरकार रुष्ट छ ।

उर्जामन्त्री दीपक खड्काले केही दिन अघि संसदमै कुलमानले सरकारको निर्देशन नमानेको र प्रचारबाजीमा उत्रने गरेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?