नेपाली शान्ति सैनिकहरूको अदलीबदली

`

     २०८१ फाल्गुन ११ गते १२:३९

काठमाडौँ, फागुन ११ । दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।

त्यहाँ कार्यरत अरिदमन गण (शान्ति सेना) दशौँ डफ्फालाई बदली गर्नको लागि चण्डीप्रसाद गण (शान्ति सेना) ११औँ डफ्फाका २११ जना नेपाली शान्ति सैनिकहरूको अन्तिम टोली सेनानी मिलन आचार्यको नेतृत्वमा गएराति नेपालबाट मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।

यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दशौँ डफ्फामा कार्यरत २१३ जना शान्ति सैनिकहरू प्रमुख सेनानी महेश्वर सिलवालको नेतृत्वमा शनिबार स्वदेश फिर्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?