काठमाडौँ, फाल्गुन ९ । बाग्चौर नगरपालिका-२ स्थित देउराली सामुदायिक वनमा बुधबारदेखि लागेको डढेलो निभाउने क्रममा ६ जना घाइते भएका छन् । भिरालो क्षेत्रमा डढेलो निभाउँदा कसैको आगोको लप्कोले पोलेर र कोही लडेर घाइते भएका हुन् ।
घाइते हुनेमा घर्तीगाउँका मोहन घर्ती, देबबहादुर बोहरा, लामाडाँडाका दोर्ण घर्ती, आशिष नेपाली लगायत अन्य दुई जना रहेका सामुदायिक वनका अध्यक्ष रमेश नेपालीले बताए ।




