बालेनले प्रधानमन्त्रीलाई भने: मलाई नेपाली भएर बाच्न त दिनुस्

`

     २०८१ फाल्गुन ०९ गते ११:००

काठमाडौं, ९ फाल्गुन । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

आज बिहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले मलाई मेयर हो भन्ने बिर्सिएर एक नेपालीको आधारमा बाँच्ने वातावरण बनाउन आग्रह गरेका हुन् ।

‘प्यारो प्रधानमन्त्री ज्यु,अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिखारी भनिसक्यो, चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाच्ने आधार त दिनुस्,’ उनले लेखेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?