काठमाडौं, फाल्गुन ७ । राप्रपाले पूर्व राजा ज्ञानेन्द्र शाहले ७५औं प्रजातन्त्त दिवसको अवसरमा जारी गरेको वक्तव्यलाई सिंगो पार्टीको तर्फबाट स्वागत गरेको छ । राप्रपा आन्दोलन परिचालन समितिका संयोजक तथा पार्टी महामन्त्री डा धवल शमशेर जवराले एक विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्रको वक्तव्यलाई समर्थन गर्दै आन्दोलनमा होमिन नागरिकलाई आह्वान गरेका छन् ।
७५औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्व राजा ज्ञानेन्द्र शाहले जारी गरेको वक्तव्यलाई लिएर राजनीतिमा तरंग उत्पन्न भएको छ ।



