ताप्लेजुङ, ६ फागुन । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म तीर्थयात्री तथा पर्यटकको सहज पहुँचका लागि निर्माणाधीन केबुलकारमा जिल्ला बाहिरका केही व्यक्तिहरूले अवरोध गर्न खोजेको भन्दै जिल्ला सदरमुकाम फुङलिङ बजारमा जनप्रदर्शन गरिएको छ ।
स्थानीयहरू केबुलकारको पक्षमा रहेको, ताप्लेजुङको विकास रोक्न बाहिरी र असम्बन्धित व्यक्तिहरू लागेको भन्दै आक्रोशित स्थानीयहरूले छिटो केबुलकार निर्माण गर्न पाथीभरा देवी केबुलकार कम्पनीलाई आग्रह गरेका छन् ।
उनीहरुले लगानीमैत्री वातावरण सृजना गर्न सरकारलाई आग्रह गर्दै विभिन्न प्लाकार्ड र व्यानरसहित सदरमुकाम फुङलिङमा विशाल प्रदर्शन गरेका हुन् ।




