नेपालमा अमेरिकाले रोक्यो एमसीसी सहयोग

`

     २०८१ फाल्गुन ०६ गते ७:३९

काठमाडौँ, ६ फागुन । अमेरिकाले तत्कालका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सहयोग रोकेको छ ।

अर्थ मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीसी रोकिएको जानकारी गराएको हो । विज्ञप्ति भनिएको छ, ‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशनले मिति फागुन गतेको इमेल पत्रमार्फत नेपाल सरकार र उक्त निकायबिच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाहरूसँग सम्बन्धित एमसीसी फण्डबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको ब्यहोरा सरोकारवालाहरूलाई जानकारी गराइन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?