काठमाडौँ, ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् ।
सहकारी ठगी प्रकरणमा उनीविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेको छ । अदालतमा आज उनको पहिलो तारेख रहेको बताइएको छ ।
यसअघि लामिछानेलाई न्यायाधीश माधवप्रसाद अधिकारीले ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए थिए ।




