काठमाडौं । नेपाली कांग्रेसले नेकपा (एकीकृत समाजवादी)लाई मनाएर राष्ट्रियसभाबाट अध्यादेश स्वीकृत गराउन पहल गर्ने निर्णय गरेको छ ।
शुक्रबार नेता कृष्णप्रसाद सिटौलाको पहलमा सभापति सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको छलफलले राष्ट्रियसभाबाट अध्यादेश स्वीकृत गराउन एकीकृत समाजवादीसँग सहयोग माग्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।