परराष्ट्रमन्त्री डा। राणा ओमान भ्रमणमा जादै

`

     २०८१ फाल्गुन ०२ गते १:४६

काठमाडौं, फाल्गुण २ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज ओमान भ्रमणमा जाने भएकी छन् । चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राणा ओमानको मस्कट जान लागेको मन्त्रालयले जानकारी दिएको छ ।

उनी फेब्रुअरी १४ देखि २० सम्म ओमानमा आयोजना हुने ९औं हिन्द महासागर सम्मेलनमा सहभागी हुन लागेकी हुन् । यस वर्षको सम्मेलन समुद्री साझेदारीका लागि नयाँ यात्रा’ विषयमा केन्द्रिन हुने बताइएको छ ।

मन्त्री डा। राणा ओमानका परराष्ट्रमन्त्री महामहिम सय्यद बादर बिन हमद बिन हमुद अल बुसेइदीको निमन्त्रणामा सम्मेलनमा भाग लिन जान लागेकी हुन् । भ्रमणका क्रममा, मन्त्री डा। राणाले ‘ग्लोबल साउथको आवाज प्रवर्द्धन’ शीर्षकको सत्रमा सम्बोधन गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले ओमानका परराष्ट्रमन्त्री, ऊर्जामन्त्री, खनिज मन्त्री तथा अन्य सम्बन्धित मन्त्रालयका पदाधिकारीहरूसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?