काठमाडौं, फाल्गुन २ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा बाबुराम भट्टराई निर्वाचित भएका छन् । हिजो सकिएको मतगणना अनुसार भट्टराई भारी मतले निर्वाचित भएका हुन् ।
अध्यक्षका अर्का उम्मेदवार नेत्रप्रसाद चापागाईंलाई भारी मतान्तरले हराउँदै भट्टराई बिहीबार अध्यक्ष निर्वाचित भएका हुन्।