नयाँ शक्तिको अध्यक्षमा भट्टराई निर्वाचित

`

     २०८१ फाल्गुन ०१ गते ४:२८

काठमाडौँ, फाल्गुण १ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा बाबुराम भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्याशी नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।

मतदानमा जम्मा ८७३ मत खसेकोमा डा, बाबुराम भट्टराईले ८०२ मत पाएका थिए भने नेत्रले ७१ मत पाएको बताइएको छ ।

सोही पार्टीकी नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले अध्यक्षमा भट्टराई निर्वाचित भएको जानकारी दिँदै औपचारिक घोषणा साँझ ५ बजेको पत्रकार सम्मेलनबाट गरिने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?