काठमाडौं, माघ ३० । मेलम्ची खानेपानीको आपूर्ति सञ्जालको पाइप फुट्दा काठमाडौंको बबरमहलमा खोलै बगेको छ।
बुधबार दिउँसो साढे दुई बजेतिर मेलम्ची खानेपानीको पाइप फुटेको हो।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलले मेलम्ची खानेपानी सञ्जालको पाइट फुटेको जानकारी दिए।