काठमाडौं, २० माघ । चालु आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार पुसमा मात्र १ खर्ब २२ अर्ब रेमिट्यान्स भित्रिएको छ । तथ्यांक अनुसार गत वर्षको पुस महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नेपाल भित्रिएको रेमिट्यान्स ४।१ प्रतिशतले बढेको हो ।