माओवादी केन्द्रको आजको बैठक स्थगित

`

     २०८१ माघ २० गते १:२७

काठमाडौँ । आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवनमा व्यस्त रहेकाले बैठक स्थगित भएको सचिव दीनानाथ शर्माले जानकारी दिए ।

शर्माका अनुसार बैठक भोलि ९सोमबार० बिहान ११ बजे प्रचण्ड निवास खुमलटारमा बस्नेछ । यसअघि बिहान ११ बजे बोलाइएको बैठक प्रचण्डको कार्य व्यस्तताका कारण दिउँसो २ बजेलाई सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?