स्वर्गद्वारी गुठी पीडित मोही किसानको धर्ना

`

     २०८१ माघ २० गते १२:१९

२० माघ, काठमाडौं । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेको छ ।

दाङ देउखुरीबाट यही माघ १८ गते गौशालास्थित पशुपति धर्मशालामा आएर बसेका उनीहरुले आज माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन् ।

२०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग भएको दुई बुँदे सहमति कार्यान्वयन नभएपछि स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति विरोधमा उत्रिएको हो । उनीहरुले दुई बुँदे सहमति कार्यान्वयन हुनुपर्ने प्रमुख माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?