काठमाडौं, माघ १८ । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज शुक्रबारबाट सुरु हुँदैछ। प्रदेश सरकारको सिफारिसमा चार महिनापछि प्रदेशसभाको १५औं अधिवेशन बैठक आज बस्न लागेको हो।
प्रदेशसभाको १५औं अधिवेशनको पहिलो बैठकमा शुभकामना सन्देश मात्र दिने कार्यसूचि तय गरिएको छ। बिहीबार साँझ बसेको प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकको कार्यसूचिमा दलीय शुभकामना सन्देश मात्र दिनु पर्ने निर्णय गरेको हो।