अध्यादेशको अस्वीकार गर्ने माओवादीको निर्णय

`

     २०८१ माघ १७ गते ५:३६

काठमाडौं, १७ माघ । नेकपा (माओवादी केन्द्र)ले सरकारले ल्याएका अध्यादेशहरू अस्वीकार गर्ने निर्णय गरेको । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अध्यादेशको प्रक्रिया नै गलत भएको निष्कर्ष निकाल्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

सरकारले पहिला नै ल्याएको विधेयक समितिमा भएको भन्दै उनले भने, ‘सरकारले जसरी छिटोभन्दा छिटो डेलिभरी दिन अध्यादेश ल्याएको भन्ने कुरा पहिला नै ल्याएको विधेयक समितिमा छ । त्यहाँबाट लाँदा सजिलो हुन्थ्यो । त्यसलाई फिर्ता नलिइ अध्यादेश जारी गरिसकेपछि मात्रै फिर्ताको चिठि लेखेर लिएर गएको छ । त्यो छिटो गर्न खोजेको भनाइलाई त्यो तथ्यले आफैं खण्डित गर्छ । प्रक्रियागत हिसाबले नै यो बेठिक छ । हामीले यसलाई अस्वीकार गर्नुपर्छ भन्ने कुरा भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?