नेदरल्याण्डसविरुद्ध नेपालले बलिङ गर्दै

`

     २०८१ माघ १७ गते १:३६

काठमाडौँ, माघ १७ । महिला त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपालले नेदरल्याण्डसविरुद्ध टस जितेर पहिला बलिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा नेपाली कप्तान इन्दु बर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेकी हुन् । योसँगै नेदरल्याण्डसले पहिला ब्याटिंग शुरु गरेको छ ।

नेपाल क्रिकेट संघको आयोजनामा यस सिरिजमा नेपालसहित नेदरल्याण्डस् र थाइल्याण्ड सहभागी हुदै छन् ।

काठमाडौँमा जनवरी ३० देखि फेब्रुअरी ७ सम्म हुने यो प्रतियोगितामा तीन देशले एक अर्कासहित ३-३ खेल खेल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?