काठमाडौं, १७ माघ । सरकारले ल्याएको अध्यादेश संसदका विपक्षी दलले अस्वीकार गर्ने निर्णय गरेका छन् । बिहीबार नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो ।
आजको बैठकमा शुक्रबारदेखि सुरू हुने संसदको हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बताए । उनले बैठकमा सरकारले अध्यादेश गलत तरिकाले ल्याएको विषयमा छलफल भएको बताए ।