ओहदाको प्रमाणपत्र प्रस्तुत

`

     २०८१ माघ १५ गते ३:२२

काठमाडौँ, १५ माघ । मलेसियाका लागि नेपालका राजदूत डा नेत्रप्रसाद तिमिल्सिनाले क्वालालम्पुरस्थित राजप्रासादमा आज आयोजित विशेष समारोहमा त्यहाँका राजा सुल्तान इब्राहिमसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरे ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि भएको शिष्टाचार भेटमा राजदूत तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राजा इब्राहिमको सुस्वास्थ्य एवं दीर्घायुका साथै मलेसियाका जनताको उत्तरोत्तर प्रगतिको कामना गरेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?