काठमाडौँ, माघ १४ । संसद्को हिउँदे अधिवेशन अघि सभामुख देवराज घिमिरेले राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सचेतक र सचेतक सँग छलफल गरेका छन् । सोमबार सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा छदफल जारी छ ।
छलफलमा प्रमुख पाँच दलका प्रमुख सचेतक र प्रमुख सचेतकलाई बोलाइएको छ । जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा सचतेकहरु सहभागी छन् ।




