ताप्लेजुङ प्रहरी र विरोधीबीच झडप, ४ जना घाइते हुँदा १ जनालाई गोली लाग्यो

`

     २०८१ माघ १२ गते ९:०५

काठमाडौँ, १२ माघ । ताप्लेजुङ पाथिभरा क्षेत्रमा केबलकारको विरोधमा उत्रिएको विरोधी र प्रहरीबीच झडप भएको छ । (नो केवलकार) समुह र प्रहरीबीच पाथीभरा क्षेत्रमा शनिबार झडप हुँदा ४ जना घाइते भएका छन् ।

झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । यस्तै आन्दोलनरत पक्षका एक जनालाई प्रहरीको गोली लागेको आन्दोलनकारीले दाबी गरेका छन् ।

ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ काफ्ले पार्टीभन्दा केहीमाथि पाथिभरा मन्दिर जाने सडक खण्डमा प्रहरी र केबलकारको विरोधमा रहेकाहरूबीच झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रूग्यास प्रहार गरेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?