एक महिनापछि कटहरिया नगरपालिकाको तालाबन्दी खुल्यो

`

     २०८१ माघ ११ गते ११:३७

काठमाडौँ, माघ ११ । सहमति कार्वान्यन नभए पुनः तालाबन्दी गर्ने सर्तमा रौतहटको कटहरिया नगरपालिकाको तालाबन्दी खुलेको छ ।

मेयर र प्रमुख प्रशासकीय अधिकृतले करोडौँ भ्रष्टाचार गर्ने षड्यन्त्र गरिरहेको भन्दै जनप्रतिनिधिहरुले गरेको कटहरिया नगरपालिकाको तालाबन्दी एक महिनापछि खुलेको छ।

मेयर अजय प्रकाश जैसवाल र उपमेयर रिता देवी यादव सहित वडा अध्यक्षहरुबीच दुई बुँदे सहमतिपछि बिहीवार साँझ ३१औं दिन तालाबन्दी खुलेको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको निर्देशनमा स्थानिय प्रशासनले सहजकर्ताको भूमिका निर्वाह गरेपछि दुबै पक्षबीच लामो छलफल पश्चात सहमती भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?