रवि लामिछाने जिल्ला अदालत रुपन्देही आज हाजिर हुदै

`

     २०८१ माघ ०९ गते ९:५०

काठमाडौँ, माघ ९ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज जिल्ला अदालत रुपन्देहीमा बयान हुँदैछ । जिल्ला अदालत रुपन्देहीमा आइतबार उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको मुद्दा दर्ता भएको थियो । लामिछानेसँग व्यक्तिगत रूपमा २ करोड बिगो दाबी गरिएको छ ।

सोही मुद्दाका लागि लामिछाने आज अदालतमा हाजिर हुँदैछन्। त्यसपछि आजै उनको बयान सुरु हुने बताइएको छ । बयान सकिएपछि थुनछेक बहस सुरु हुने जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त मरासीनीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?