काठमाडौँ, ८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रुपन्देही जाने छन् । बुटवलको सुप्रिम सहकारीको रकम अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी मंगलबार जान लागेका हुन् ।
रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष शालिकराम घिमिरेले मंगलबार भैरहवा आउने र बुधबार अदालतमा जाने जानकारी दिए । उनले भने, ‘हामी उहाँको स्वागतका लागि विमानस्थलमा छौँ । उहाँ आज बाहिर बस्नु हुन्छ र भोलि अदालत जानुहुन्छ ।’




