हर्क साम्पाङ भोलि रित्तो गाग्रीसहित सिंहदरबार पस्ने

`

     २०८१ माघ ०७ गते ६:०६

काठमाडौं, ७ माघ । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई रित्तो गाग्री बोकेर काठमाडौं आइपुगेका छन् । संघीय सरकारले खानेपानी समस्या समाधान नगरेको भन्दै संकेतिक विरोधका लागि उनी काठमाडौं आएका हुन् ।

मेयर साङ्पाङले भोलि रित्तो गाग्रीसहित प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानी मन्त्री प्रदीप यादवलाई भेट्ने बताइएको छ । उनले यसअधि धरानको भानु चोकमा रितो गाग्रीसहित प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?