एकीकृत समाजवादीको ४ करोड भन्दा बढि आम्दानी

`

     २०८१ माघ ०७ गते २:२३

काठमाडौं, माघ ७ । नेकपा (एकीकृत समाजवादी) ले वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालयका लेखाप्रमुख खेमराज पौडेलले कार्यालयको सूचना पाटीमा टाँस गरी अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेका हुन्।

जसमा गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६९१ रुपैयाँ आम्दानी भएको छ भने ४ करोड ५७ लाख ४० हजार ८५४ रूपैयाँ खर्च भएको उल्लेख छ।

एकीकृत समाजवादी ३२ लाख ८७ हजार १६४ रूपैयाँ पार्टी घाटामा रहेको लेखापरिक्षण प्रतिवेदनले देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?