मन्त्रिपरिषद बैठक बस्दै

`

     २०८१ माघ ०७ गते १२:२८

काठमाडौं, ७ माघ । आज  मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, सरकारले संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ । सम्भवतः आजैको बैठकबाट हिउँदे अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?