बाँके प्रहरीद्वारा ६५ फरार प्रतिवादी पक्राउ

`

     २०८१ माघ ०६ गते १:५४

काठमाडौँ, ६ माघ । जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बाँके प्रहरीले सार्वजनिक गरेको पुसको प्रगति विवरणमा विभिन्न अपराध गरी लामो समयसम्म फरार रहेका ६५ जना प्रतिवादीलाई पक्राउ गरिएको उल्लेख छ ।

पक्राउ परेकाबाट १९ वर्ष चार महिना २७ दिन कैद र रु ५१ लाख ५५ हजार १३ जरिवाना असुल उपर गर्न बाँकी छ । फरार प्रतिवादीलाई जिल्ला प्रहरी बाँकेको फैसला कार्यान्वयन टोलीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको बाँके प्रहरी निरीक्षक हेमराज विकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?