ट्रम्पको साथै एलन मस्क विरुद्ध प्रदर्शन

`

     २०८१ माघ ०६ गते १२:०८

एजेन्सि, ६ माघ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिँदैछन् । शपथ ग्रहण समारोह अघि नै देशका धेरै भागमा ट्रम्पविरुद्ध विरोध प्रदर्शनहरू भएका छन् ।

शनिवार हजारौँ मानिसहरूले विभिन्न ठाउँमा ट्रम्प विरुद्ध प्रदर्शन गरे । कयौँ गैरसरकारी संस्थाहरूको समूहले ‘पिपुल्स मार्च’ को ब्यानरमा ट्रम्पको नीतिहरूको विरुद्धमा प्रदर्शन गरिएको थियो ।

प्रदर्शनकारीहरूले ट्रम्पको साथै ट्रम्पका निकट रहेका खर्बपति व्यापारी एलन मस्क र उनका नजिकका सहयोगीहरूविरुद्ध पोस्टर र ब्यानरहरू मार्फत विरोध प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?