काठमाडौं, माघ ४ । भाइरल सामाजिक अभियन्ताको छवि बनाएकी आशिका तामाङलाई पक्रकउ गरिएकोबारे दायर भएको बन्दीप्रत्यक्षीकरण निवेदनमा उच्च अदालत पाटनले कारण देखाउ आदेश जारी गरेको छ । शुक्रबार उच्च अदालत पाटनका न्यायाधीश श्यामकुमार भट्टराईले सो मुद्दामा सुनुवाइ गर्दै कारण माग गरेको हो ।
उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएपछि बन्दी प्रत्यक्षिकरणको निवेदन लिएर अदालत पुगेकी हुन् ।