आशिकालाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

`

     २०८१ माघ ०३ गते ११:२९

काठमाडौं, माघ ३ । अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी स्वघोषित अभियन्ता आशिका तामाङलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । बुधबार जिल्ला अदालत काठमाडौंले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

तामाङविरूद्ध थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?