काठमाडौं अदालतद्वारा रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश

`

     २०८१ माघ ०२ गते ५:३४

काठमाडौं, माघ २ । राष्ट्रिय स्वतन्त्र पार्टी  का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।

बुधबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका एक कर्मचारीले जानकारी दिए। यद्यपि आदेश सुनाउन भने बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?