काठमाडौं, माघ २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सो मुद्दाको सुनुवाइ भएको थियो । रविको पक्षमा पूर्व महान्यायाधीवक्ताद्धय रमण श्रेष्ठ र सुशील पन्तलगातले बहस गरेका थिए । लामिछानेका कानुन व्यवसायीहरुले बहस सकेपछि सरकारी वकिलको तर्फबाट जवाफी बहस भएको थियो । जवाफी बहस सकिएसँगै आदेशको तयारी भइरहेको बताइएको छ ।
लामिछाने धरौटीमा छुट्ने कि पुर्पक्षका लागि थुनामा पठाउने भन्ने विषयमा आजै आदेश आउने बताइएको छ ।