१२ मन्त्रीहरूसँग छलफल गर्दै कांग्रेस

`

     २०८१ माघ ०२ गते १:००

काठमाडौं, माघ २ । नेपाली कांग्रेसले संघीय सरकारमा सहभागी १२ जना मन्त्रीहरूसँगको सामूहिक छलफललाई निरन्तरता दिने भएको छ।

पार्टीबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी रहेका १० जना मन्त्री र दुई जना राज्यमन्त्रीहरूसँग कांग्रेसले बिहीबार छलफल गर्ने तय भएको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा छलफल हुनेछ। सभापति देउवाका स्वकीय सचिव भानु देउवाले बिहीबार छलफल हुने जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?