काठमाडौं, २९ पुस । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा दिउँसो २ बजे बस्ने भएको हो ।
बैठकमा पुस २१ देखि २३ सम्म बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णय कार्यान्वयन लगायत विषयमा छलफल हुने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।