न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा रवि लामिछानेको बयान

`

     २०८१ पौष २८ गते ११:०३

काठमाडौँ, २८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा हुने भएको छ । काठमाडौँ जिल्ला अदालतका ६ नम्बर बरीयताका न्यायाधीश अधिकारीको इजलासमा लामिछानेको बयान र थुनछेक हुने अदालतका एक जना अधिकृतले बताए ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि उनी आइतबार आफैँ अदालतमा हाजिर भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?